Thursday, January 23, 2025

सरकारले किसान लाई १० हजारका दरले अनुदान दिने

पछिल्लाे समाचार


रौतहट , २५ मंसिर //
प्रदेश २ का कृषि पेसामा आबद्ध उच्च जोखिममा रहेका सीमान्तकृत तथा साना किसान र कृषि मजदुरलाई सरकारले १०/१० हजार रुपैयाँ दिने भएको छ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री किसान उत्थान आयोजनामार्फत न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदुरलाई निःशुल्क बैंक खातामार्फत १०/१० हजार रुपैयाँ दिने भएको हो।
निम्न आए भएका किसानलाई बाली लगाउनका आवश्यक न्यूनतम बीउबिजनसहितका सामग्री खरिदका लागि सहयोग रकम दिन लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले बताएका छन् ।

१० कट्ठा वा सोभन्दा कम जग्गा भएको तथा परिवारको नाममा थोरै जग्गा नभई अरूको जग्गा भाडा, बटैयामा लिई आफैंले जोतभोग गरी सोहीबाट जीविकोपार्जन गर्ने कृषक, कृषि मजदुर, बटैयादार किसानलाई रकम उपलब्ध गराउने उनले बताएका छन्।
प्रदेशका आठवटै जिल्लाका उत्तर, मध्यम र दक्षिण तर्फका ३/३ गाउँपालिका वा नगरपालिका छनोट गरी २४ वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलका प्रवक्ता ललन सिंहले बताए।

प्रदेश २ सरकारले ५४ लाख जनताको कृषि कर्मलाई टेवा पुर्‍याउने उद्देश्यका साथ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु