रौतहट , ९ पुष //
संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
१२ सम्म विद्यालय तहको परीक्षा रहेकाले १२ को बोर्डले परीक्षा लिनुपर्ने र एसईई खारेज गर्न भनेको समितिका सभापति जयपुरी घर्तीले बताईन् ।
समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर सरकारले सो निर्देशन कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो ।
२०७७ जेठ २९ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो