बारा,०५ पौष । समुन्नत महिला बहुउद्देश्यीय सहकारी निजगढले गार्मेन्ट उध्योग संचालनमा ल्याएकोछ । सहकारीले संचालनमा ल्याएको गार्मेन्ट उध्योगको सोमबार निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएकोछ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर खनालले गार्मेन्ट उध्योग मार्फत नगर भित्र रोजगारिको अवशर सृजना गराउने उद्धेश्यले नगरपालिकाले समेत उध्योग संचालनकैलागी सहकारीलाई आर्थिक सहयोग उपलब्ध गराएको जनाउनुभयो । शिप र क्षमताको स्तरोन्नति गराउंदै प्रोत्साहन स्वरूप नगरपालिकाले अन्य सहकारीहरूलाई पनि आवश्यकताको आधारमा सहयोग गरेको बताउनुहुँदै खनालले सहकारीहरूले सहकारीमा आबद्ध भएकाहरुलाई रोजगारमूलक र आर्थिक उपार्जन हुने खाल्का योजनाहरु संचालन गर्न आग्रह गर्नुभयो । निजगढको लिचिटोलमा स्थापित गार्मेन्ट उध्योगको शुरुवाती लागत २० लाख रुपैंया रहेको जनाईएकोछ । गार्मेन्ट उध्योगमा अहिले ६ जनालाई प्रतक्ष्य रोजगार प्रदान गरिरहेको सहकारीकी अध्यक्ष कल्पना खरेलले बताउनुभयो । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की,वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा,वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान,स्थानीय महिला समाजसेवी माला लामा,नवराज तिमल्सिना लगायतको सहभागित रहेकोथियो ।