सर्लाही , १३ पुष //
प्रहरीको भ्यानले ठक्कर दिएर एक व्यापारीको मृत्यु भएको विरोधमा आज(मंगलबार) पनि व्यापारीहरुले बजार बन्द गरेका छन् ।
घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कानूनी कार्बाही एवं राज्यद्वारा दिईने क्षतिपूर्ति बाहेक मृतकका सन्तानलाई लालनपालन एवं पठनपाठनका लागि थप १५ लाख रुपैंया राहत उपलब्ध गराउनु पर्ने भन्दै हिजो दिनभर व्यापारीहरुले बयलवास बजारमा प्रदर्शन गरेका थिए ।
पीडित पक्ष र प्रहरी अधिकारीहरुबीच हिजो दिउँसो भएको वार्ता विना निश्कर्ष टुंगिएको छ ।