Thursday, January 23, 2025

वृन्दावनमा एक आमाले भोटरलिष्ट बनाउने क्रममा गुमाईन आफ्नो नवजात शिशुको ज्यान

पछिल्लाे समाचार


रौतहट , २ पुष //
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी निवासी बैधनाथ साह र उनका श्रीमती रिंकु साहले भोटरलिष्ट बनाउने क्रममा आफ्ना २ महिने नवजात शिशुको ज्यान गुमाएका छन्।

उनीहरुले अन्य १० जना महिलाहरु संगै आफ्ना २ महिने नवजात शिशु(छोरा) लाई लिएर बिश्रामपुर स्थित रहेको नगरपालिकाको कार्यालयमा भोटरलिष्ट बनाउन गएका थिए।
नवजात शिशुलाई कांखामा राखेरे करिब ७ घण्टा सम्म लाइनमा बस्दा पनि कर्मचारीले काम गर्न न सकेको कारणले गर्दा भोटरलिष्ट न बनाइकन घर फर्कने क्रममा चिसोको कारण शिशुको ज्यान गएको मृत शिशुको आमामा बुवा को गुनासो छ।
वडा वडामै गर्नसकिने काम मेयर र कर्मचारीको लापरबाहीले गर्दा,जनताहरु नगरपालिकामा जान बाध्य भएका छन्।

नगरपालिकामामै जाँदा समेत कर्मचारीले काम गर्न न सक्दा त्यसै फर्केर आउनु परिरहेको र भोटरलिष्ट बनाउने जनताको संख्या बढी रहेपनि कर्मचारीले दिनमा ६० देखि ७० जना व्यक्तिको काममात्र गरिरहेको एक महिलाले बताएकी छिन ।
त्यसैगरी शिशुको ज्यान जानुमा स्थानीय जनप्रतिनिधि र कर्मचारी नै मुख्य दोषी रहेको भन्दै अब देखि महिला,अपांग र अशक्तलाई विशेष प्राथमिकता दिएर र काउन्टर थप गराएर काम गर्न माग गर्दै मृत शिशुको मृत्युको मध्यनजर गरि नगरपालिकाले आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाइदिन स्थानीयहरुले माग गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु