Thursday, January 23, 2025

वीरगञ्जमा युवा बचनद्वारा न्यानो कपडा लगायतका सामाग्री वितरण

पछिल्लाे समाचार


पर्सा , ८ पुष //
बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै वीरगञ्जमा युवा बचनले न्यानो कपडा लगायतका सामाग्री वितरण गर्ने अभियानको शुभारम्भ गरेको छ ।
यसअघिका वर्षहरुमा पनि वितरण गर्दै आएको अभियानलाई यस वर्ष पनि युवा बचनले निरन्तरता दिएको हो ।

बुधवार संस्थाका अध्यक्ष किशन सर्राफको संयोजकत्वमा गरिब, विपन्न एवम् नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने ७ जनालाई विभिन्न सामाग्री वितरण गरिएको छ ।
सडक तथा पेटीमा बस्नुपर्ने बाध्यता रहेका ७ जनालाई चिसोबाट सुरक्षित रहनका लागि कम्बल, म्याट, ईनर, (ट्राउजर), टोपी, मोजा र खानेकुराको प्याकेज बनाएर वितरण गरिएको युवा बचनका अध्यक्ष सर्राफले बताए ।

वीरगञ्जको बसपार्क, नेशनल मेडिकल कलेज, भिस्वा, घण्टाघर, माईस्थान, बिर्ता, रजतजयन्ती चौक, भुटनदेवी मन्दिर, त्रिशुल चौक, नगवा चौक लगायतका स्थानमा पुगेर सामाग्री वितरण गरिएको हो ।

संस्थाका पर्सा अध्यक्ष सर्राफको अध्यक्षतामा भएको अभियानमा राजन श्रीवास्तव, कमलेश कुशवाहा, प्रतिक अग्रवाल, अमन सर्राफ, बिकि सर्राफ, अनवर आलम, संगम पंडित, राज सर्राफ, अभय सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु