पर्सा , १९ मंसिर//
साधुको भेषमा भारतबाट नेपाल प्रवेश गरेका दुईजनालाई प्रहरीले शंकास्पद अवस्थामा वीरगञ्जबाट पक्राउ गरेको छ।
उनीहरुलाई वीरगञ्जको नग्वाबाट स्थानीयहरुले नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका हुन् ।
परिचय सोधपुछको क्रममा सहि नाम ठेगाना नबताएपछि शंकास्पद ती दुई व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन्।
साधु भएपनि दुबैजनाले हिन्दु देवीदेवताको नाम समेत बताउन नसकेको स्थानीको भनाइ छ ।
दुबैजनामाथि थप अनुसन्धन भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।