Thursday, January 23, 2025

लागुऔषध ब्राउन सुगर सहित दुईजना भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


सप्तरी , ७ पुष //
सप्तरीबाट लागुऔषध ब्राउन सुगर सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल भिमनगर ग्राम पञ्चायत वडा नं. ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेका छन्।
सप्तरीको कंचनरुप नगरपालिका–२ स्थित पुर्व पश्चिम लोकमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दुबैजनाको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको उनले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु