Thursday, January 30, 2025

रौतहटसंगै विश्वभर ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

पछिल्लाे समाचार


रौतहट , १७ मंसिर //
रौतहटसंगै विश्वभर आज ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

आज ( शुक्रबार ) ‘समावेशी, सुलभ र दीगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रम गरि ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँएको छ।

यस्तै नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि अपाङ्गता दिवस मनाउन थालिएको हो ।

अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले विकासोन्मुख देशमा ८० प्रतिशत जनसङ्ख्यामा अपाङ्गता भएको पाइएको देखाउँछ ।
नेपालमा भने कति अपाङ्गता भएका व्यक्ति छन् त्यसको यकिन तथ्याङ्क छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु