Wednesday, January 22, 2025

रौतहटमा काठ तस्करी रोक्ने अभियान फितलो बन्दै

पछिल्लाे समाचार


रौतहट , २१ मंसिर //
रौतहटमा काठ तस्करी रोक्ने अभियान फितलो बन्दै गएको छ।
विभिन्न स्थानमा काठ बरामद भएपनि तस्कर पक्राउ पर्दैनन्। पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्छ। काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बन्दै गएको हो ।
पक्राउ परेका तस्करहरू पनि बरामद काठको बिगोअनुसार धरौटी राखेर छुटिहाल्ने वनका कर्मचारी बताउँछन् । उनीहरू फेरि पुरानै काममा संलग्न हुने भएका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको हो।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले विभिन्न क्षेत्रबाट तस्करी हुन लागेको सालको काठ र सवारी नियन्त्रणमा लिएको छ । तर, त्यसअनुसार तस्कर भने पक्राउ परेका छैनन् ।

वन कार्यालयको तथ्यांक अनुसार तीन वर्षमा ६ सय ३७ क्युफिट तस्करीको काठ बरामद भएको छ ।सोही अवधिमा विशेष गरी काठ तस्करीमै प्रयोग गर्न मोडिफाइ गरिएको साइकल मात्र २ सय ५१ वटा नियन्त्रणमा लिइएको छ । पछिल्लो समय काठ तस्करीको लागि मोडिफाइ साइकलको प्रयोग बढिरहेको छ । तर, तीन वर्षमा २३ जना मात्र साइकल चालक तस्कर पक्राउ परेका छन् ।
मोडिफाइ साइकलमा गोलिया लोड गरेर एकै व्यक्तिले तस्करी गर्न सक्छ ।
साइकल मात्र नभई पछिल्ला ५ वर्षमा वन कार्यालयले तस्करीमा प्रयोग भएको १ सय ६ वटा टायर गाडा, १६ वटा ट्र्याक्टर, ३ वटा जिप, ३१ वटा मोटरसाइकल, टेम्पो ३, मिनिबस १ र पिकअप १ वटा नियन्त्रणमा लिएर कारवाहि गरेको छ । तर, सवारीको तुलनामा पक्राउ पर्ने तस्करको संख्या न्यून छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु