रौतहट , ९ पुष //
रौतहटमा मनवअधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएको घटनाहरु सार्वजनिक गरिएको छ।
विगत लामो समयदेखि मानवअधिकारको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएका इन्सेकले विशेष गरेर मानवअधिकारको समग्र अवस्थालाई समेटी बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरेको हो।
इन्सेक रौतहटका जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार २०७७ पुस १६ देखि २०७८ मंसिर मसान्तसम्मको मानवअधिकारको अवस्था सार्वजनिक गरिएको हो ।
एक वर्षको अवधिमा सबै भन्दाबढी यौनजन्य घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ। गत एक वर्षमा १० बलात्कारको प्रयास भएको छ। २८ वटा बलात्कारको घटना हुँदा दुईवटा सामुहिक बलात्कार भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । २८ वटा बलात्कारको घटनामध्ये सात जना महिला र २१ जना बालिका रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै इन्सेकको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ६ वटा बहुविवाह, एकजना शिक्षकमाथि कुटपिट, एउटा वालविवाहको घटना भएको छ ।
एक वर्षको अवधिमा रौतहटमा एउटा एसिड प्रहार, एक जना महिलालाई कुटपिट र ५ वटा यौन दुव्र्यवहारको घटना भएको छ ।
अपरहण, शरीर बन्धक तथा बलात्कारको घटना दुईवटा र कर्तव्य ज्यान गरी जिल्लामा जम्मा ६४ वटा घटना हुँदा जम्मा ८६ जना पीडित भएको इन्सेकको तथ्याङ्कमा देखिएको हो ।
८६ जना पीडित मध्ये ३० जना महिला, २६ जना पुरुष १ जना बालक र २९ जना बालिका रहेका छन् । ६४ वटा घटनामा १ सय २१ जना पीडक रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जसमध्ये ८ जना महिला, ९१ जना पुरुष र २२ जना बालक रहेको बिहीबार सार्वजनिक गरिएको इन्सेकको तथ्याङ्क उल्लेख गरिएको छ ।
बिहीबार रौतहटमा मनवअधिकार वर्षपुस्तक २०२२ का लागि अभिलेख गरिएको घटनाहरुको वार्षिक समिक्षा कार्यक्रममा इन्सेकका पूर्व प्रतिनिधि लक्ष्मण रेग्मी, चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछाने पत्रकार र अन्य सरोकारबालाहरुको सहभागिता रहेको थियो ।