Wednesday, January 29, 2025

रामस्नेही बने रौतहट ४ मा काँग्रेसको सभापती

पछिल्लाे समाचार

रौतहट , १६ मंसिर //
नेपाली काङ्ग्रेस रौतहट क्षेत्र न ४ को सभापति पदमा राम स्नेही यादव बिजयी भएका छन । उनी यस अघिपनि क्षेत्रिय सभापती थिए ।
अर्का उम्मेद्वार प्रेम शंकर यादव भन्दा २० मत बढी ल्याएर यादव बिजयी भएका हुन ।
बिहिवार बिहान देखि बृन्दावन नगरपालिका वडा न ६ स्थित श्री बतहु माध्यमिक विद्यालयमा क्षेत्रीय सभापति चयन गर्न का लागि मतगणना भएको थियो ।
रामस्नेही यादव ले २सय ५७ र प्रेम शंकर यादवले २ सय ३७ प्राप्त गरेका छन ।
सो क्षेत्रमा ४ सय ९३ जना प्रतिनिधिहरु रहेका छन । बुधवार अवेर सम्म मतदान भएको थियो ।
बिजयी भएका क्षेत्रिय सभापति बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत हुन उनी रौतहट क्षेत्र न ४ का सासद देव प्रसाद तिमल्सिना निकट मानिन्छन भने अर्का सभापति प्रतिद्वन्दी प्रेम शंकर यादव नेपाली काङ्ग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादव निकट मानिन्छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु