सप्तरी , २ पुष //
सप्तरीको राजविराज स्थित कारागारमा हृदयघातबाट एक जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका वडा नं. ४ का ५८ बर्षिय उद्धव प्रसाद खतिवडा रहेका छन्।
कैदी खतिवडालाई अचानक हृदयघात भएपछि उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको तथा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक कैदीको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा २०७५ साल साउन १७ गते राजविराज कारागारमा आएको कारागारका निमित्त जेलर सन्दिप कुमार देवले जानकारी दिएका छन्।