जनकपुरधाम , १५ मंसिर //
भौतिक पुर्वाधार तथा यतायात मन्त्री रेनु यादवले चालु आर्थिक वर्षभित्रै रेल सञ्चालनमा आउने बताएकी छिन्।
मन्त्री यादवले मंगलबार जनकपुरधाम रेलवे स्टेशन निरीक्षणको क्रममा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै चालु वर्ष भित्रै रेल सञ्चालनमा आउने बताएकी हुन् ।
कानुन, बजेट र प्राविधिक त्रुटीको अभावमा रेल सञ्चालनमा ढिलाई भएको उनले स्वीकार गरिन् । अर्को महिना सम्म कानुन ल्याएर कर्मचारी भर्ना प्रकृया अगाडी बढाउने उनले दावी गरेकी छिन्।
उनले रेल सञ्चालन सम्बन्धि कार्यविधि बनिसकेको बताइन । उनका अनुसार भारतिय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता अन्तर्गतको पहिलो किस्ता दिइसकेको छ। कर्मचारी, बजेट र भाडाँ दर तोक्न बाँकी रहेको र छिट्टै प्रकृया अगाडी बढ्ने मन्त्रि यादवले बताएकी छिन्।
रेलवे दुबै देशको प्रधानमन्त्रीले उद्घाटन गर्ने उनले बताएकी छिन् ।