Friday, January 24, 2025

मानव अधिकारको संरक्षण , मानव जिवनको लागी अत्यावश्यक : मुख्यमन्त्री लालबाबु राउत

पछिल्लाे समाचार


जनकपुरधाम , २५ मंसिर //
मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षण मानव जिवनको लागी अत्यावश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री राउतले शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा मनुष्यलाई समान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्य रहेको बताएका हुन् ।

प्रदेश सरकार मानव अधिकार संरक्षणको लागी सदैव तत्पर रहेको उल्लेख गर्दै उनले मानव अधिकारबाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी समेत गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु