रौतहट ,१५ मंसिर //
रौतहटको गरुडामा नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।
निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक सम्पन्न भएको हो ।
मन्डला थिएटरका कलाकार आदित्यनारायण मिश्रको लेखन तथा निर्देशनमा कुमार चन्दन, सुरजनारायण झा, शिवानी गुप्ता, खुश्बु कर्ण, रविन्द्र कुमार, अभिजीत राम, रविन्द्र पासवात, जानवी गुप्ता, रोहित पाण्डेय, सीतासुन्दर सहनी, धिरव पासवान, कृष्णनन्दन कुमारसहितका कलाकारहरुले गरुडामा छुवाछुत तथा जातीय विभेदविरुद्धमा नाटक प्रस्तुत गरेका थिए।
नवोदित कलाकारहरुले गरेको पहिलो प्रस्तुति अत्यन्त आकर्षक रहेको साहित्यकार संजय साह मित्रले प्रतिक्रिया दिएका छन् ।
कलाकारहरुलाई प्रशिक्षण तथा नाटकको प्रदर्शनको व्यवस्थापनमा गरुडा नगरपालिकाका चर्चित युवा समाजसेवी अनिलकुमार यादवले व्यक्तिगत आर्थिक सहयोग गरेका छन् ।
प्रशिक्षणको समापनको अवसरमा बोल्दै समाजसेवी यादवले मातृभाषा र कलाकारितालाई अगाडि बढाउन आफू व्यक्तिगत तर्फबाट जस्तो पनि सहयोग गर्न तयार रहेको बताएका छन् ।