निजगढ , १४ पुष//
महिला बिकास केन्द्र निजगढको अध्यक्षमा चन्दा लामा मनोनित भएकी छिन् ।
मंगलबार सम्पन्न केन्द्रको २२ औ साधारणसभाले लामाको नेतृत्वमा नंया कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा उर्मिला ढुंगाना,सचिवमा मनमाया तामाङनि र कोषाध्यक्षमा शान्ती पहरी मनोनित भएको महिला बिकास केन्द्रकी निवर्तमान अध्यक्ष कल्पना खरेलले जानकारी दिइन ।
निजगढ नगरपालिका क्षेत्रमा महिलाहरुको अधिकार र संरक्षणकोलागी केन्द्रलाई आगामी दिनहरुमा थप सशक्त बनाउने आफ्नो लक्ष रहेको केन्द्रकी नवअध्यक्ष लामाले बताइन ।
केन्द्रकी निवर्तमान अध्यक्ष कल्पना खरेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महिला बिकास केन्द्र निजगढकि संस्थापक अध्यक्ष माला लामा,पुर्व अध्यक्षहरु बिष्णु नेपाल,गङ्गा शिवाकोटी लगायतको उपस्थिति रहेको थियो।