Wednesday, January 22, 2025

मलंगवाबाट एक लाख बढी नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ

पछिल्लाे समाचार


सर्लाही , ४ पुष //

सर्लाहीको मलंगवाबाट एक लाख बढी नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार रहेका छन् । शनिबार नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट एक लाख पन्ध्र हजार र सर्चालिस हजार ५०० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले जनाएको छ। उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको बताइएको छ ।
यसैबीच सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट सम्सीले महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित सीमा इलाकाबाट ७ लाख नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–८ बस्ने २१ वर्षीय तुलसी साहलाई पक्राउ गरेको बताइएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु