Sunday, January 26, 2025

भन्सार छलेर ल्याइएको अवैध सामाग्री प्रहरी नियन्त्रणमा

पछिल्लाे समाचार


धनुषा , १५ मंसिर //
भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउंदै गरेको पौने दुइ लाख भन्दा माथिको लत्ता,कपडा धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनौजी गाउंपालिका–४ सडकखण्डबाट ज. ९ प.७२६९ नम्बरको मोटरसाइकलमा १ लाख ८९ हजार २ सय ५० मूल्य बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा ल्याइएको सामानहरु वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
त्यसैगरी सोमबार जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुलबाट भन्सार छलेर ल्याएको लह्ठी चुरा लगायतको १३ हजार ९ सय ५० मूल्यको सामानहरु जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कदम चोकबाट ३ हजार मूल्यको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु