सर्लाही , २८ मंसिर //
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालक को मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापका ३५ वर्षीय राजेश घिमिरे खत्री रहेका छन्।
गएराति करिब पौने ९ बजेको समयमा लालबन्दी नगरपालिका वडा नं. १ बागवानि पुल नजिक पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख १४९९ नम्बरको बसले विपरीत दिशा बाट आईरहेको लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार खत्रीको टाउकोमा चोट लागेको थियो ।
खत्रिलाई मोडेल अस्पताल लालबन्दीमा उपचार पश्चात थप उपचारको लागी नेशनल मेडिकल कलेज बिरगंज रिफर गरेकोमा चिकित्सकले त्यहाँ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन्।
बस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।