सर्लाही , १५ पुष //
सर्लाहीको बयलबास बजार क्षेत्रमा पुन : निषेधाज्ञा जारि गरिएको छ ।
पुस ११ गते राति ९ बजेतिर प्रहरीको भ्यान गाडीको ठक्करबाट स्थानीय एक व्यवसायी रामकुमार महतोको मृत्यु पश्चात् स्थानीयवासीले ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास क्षेत्रमा तनाव सिर्जना गरेको कारण बिहीबार पुन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारि गरेको हो।
राति गस्तीमा हिँडेको प्रहरीको भ्यानको ठक्करबाट महतोको मृत्यु भएपछि बजार तनाव ग्रस्त बनेको बयलबास बजार क्षत्रमा स्थानीय प्रशासनले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू गरेको थियो ।
स्थिति अझै नियन्त्रणमा नआएपछि स्थानीय प्रशासन कार्यालयले आज पुन बेलुका ७ बजेसम्मका लागि बयलबास बजार तथा आसपासका क्षेत्रमा कुनै किसिमको जुलुस, भेला, जमघट हुने नपाउने गरी निषेधाज्ञा जारि गरेको हो ।
यस्तै, दुर्घटनामा ज्यान गुमाएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप रु १० लाख रुपैयाँ उपदलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएको प्रहरीले जनाएको छ ।
सहमति भएपनि पुनः प्रदर्शन हुनसक्ने भन्दैँ स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाइएको छ।