रौतहट ,२० मंसिर //
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचार बारे सोधपुछ गर्दा प्रहरीले ४ घन्टा थुनामा राखेको भन्दै नेकपा माओवादी पार्टी बाट मेयर प्रत्यासी सुरेन्द्र यादवले आन्दोलनको घोषणा गरेका छन ।
नगर शिक्षा संयोजक हरेन्द्र यादव संग शिक्षा सम्वन्धी विभिन्न शिर्षकमा आएको लाखौंरुपैयाको बेथिति बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादव लाई बिनाकारण पक्राउ गरेको उनको आरोप समेत छ ।
नगरपालिकाका कार्यालयमा गएर शिक्षा संयोजक हरेन्द्र यादवलाई हातपात भएको सूचनाको आधारमा तत्काल शान्ति सुरक्षाको लागि सुरेन्द्र यादव र उनका भाई नवलकिशोर यादव लाई केही समय नियन्त्रण लिएको र छाडिएको कुनै किसिमको प्रलोभनमा आफू नपरेको प्रहरी निरिक्षक बिश्वकर्माले बताएका छन ।
फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवको मिलोमतोमा किशोरीका लागि बितरण हुने सेनिटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं लाख अनियमितता गरेको बारे आफू माओवादी पार्टी को मेयर प्रत्याशिको हैसियतले सोधपुछ मात्र गरेको नेता सुरेन्द्र यादवको भनाई छ ।
फतुवा बिजयपुरमा शिक्षाको नाउँमा भैरहेको भ्रष्टाचार बारे आफुले आवाज उठाउदा नगरपालिकामा हालै नया प्रमुखको रूपमा आएका ओमप्रकाश यादव ,मेयर गोपाल यादव र प्रहरी निरिक्षक बिष्णु बिकको मिलेमतोमा आफ्नो राजनीतिक चरीत्र हत्या गरेको यादवको भनाई छ ।
शिक्षाको नाउँमा आउने लाखौं लाख रकममा एकजना पुर्व सांसद,मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने माग सहित नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आन्दोलन सुरुगर्ने सुरेन्द्र यादवले चेतावनी दिएका छन । शिक्षा संयोजक हरेन्द्र यादवले गत आर्थिक बर्षमा विद्यार्थी लाई भर्चुअल शिक्षा दिने नाउँमा नगरपालिका बाट पेस्की लिएको २९ लाख रुपैयाको हालसम्म फर्छौट गरेका छैनन ।
त्यसैगरी बालिकाहरुलाई सेनिटरी प्याड बितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैया निकासा भएको थियो । तर हालसम्म कुनै बिधालयको किशोरीहरुलाई सेनिटरी प्याड बितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक,मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने माग छ ।
फतुवा बिजयपुर निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गत आवमा नगरपालिका बाट भर्चुअल शिक्षा र सेनिटरी प्याड बितरणको लागि बर्तमान शिक्षा संयोजक हरेन्द्र यादव र यस अघिका संयोजक बुनिलाल यादवले लिएको पेस्की हालसम्म फर्चाउट नभएको जानकारी दिएका छन ।
सुरेन्द्र यादव र नवलकिशोर यादवले नगर शिक्षा संयोजक हरेन्न्द्र यादव संग गरेको दुव्र्यवहार बारे सार्वजनिक गर्ने समेत प्रशासकीय अधिकृत यादवले जनाएका छन ।