बारा , २६ मंसिर //
प्रेस चौतारी नेपाल बाराको पाचौं जिल्ला अधिवेशनको मिति तय गरिएको छ।
शनिवार बसेको चौतारी बाराको जिल्ला कमिटी बैठकले अधिवेशन आगामी पुस १५ गते सिमरामा हुने भएको छ । बैठकले चौतारी बाराको सदस्यताका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको छ ।
जिल्लामा कार्यरत सक्रिय संचारकर्मीले सदस्यताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।बैठकले नयाँ सदस्य थपसंगै पुराना सदस्यको नविकरण प्रक्रिया पनि सुरु गर्ने निर्णय गरेको छ ।
नविकरण भएका र नयाँ थप गरिएका सदस्यको सूचिलाई केन्द्रले प्रमाणित गर्ने छ । केन्द्रबाट प्रमाणित भएका सदस्य मात्रै जिल्ला अधिवेशनमा सहभागी हुन पाउने बताइएको छ ।
यसैगरी अधिवेशन सफल बनाउन बैठकले अधिवेशन व्यवस्थापन समिति समेत गठन गरिएको छ। संयोजकमा चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी , उपाध्यायमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलकुमार , पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाईने, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, प्रेस चौतारी जिल्ला कमिटी सदस्य अनिल तिवारी रहेका छन् ।
बैठकमा जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलकुमार उपाध्याय, केन्द्रीय प्रतिनिधि गोकुल घोरसाईने, जिउतप्रसाद यादवलगायतको सहभागिता रहेको थियो ।