बारा,०५ पौष । प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा डिजिटल एक्स रे मेशिन संचालनमा आएको छ । निजगढ नगरपालिका मातहतमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रविधिको डिजिटल मेशिन संचालनको व्यवस्था मिलाईएको मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । नगरपालिकाको कार्यपालिका बैठकले एक्स रे सेवा सुविधाकोलागी ३ सय रुपैंया शुल्क निर्धारण गरेको मेयर खनालले बताउनुभयो । स्वास्थ्य केन्द्रमा निजि क्षेत्रबाट सुपथ मुल्यको औषधि पसल संचालनकोलागी खुल्ला प्रस्ताव आह्वान गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेकोछ । स्वास्थ्य केन्द्रमा उपचार गराउनकोलागी जाने सेवाग्राहीहरुलाई सुपथ मुल्यमा आवश्यक औषधि उपलब्ध गराउनकोलागी निजि क्षेत्रको माध्यमाबाट सेवा उपलब्ध गराउने खनालले जनाउनुभयो । नगर अस्पतालको रुपमा स्तरोन्नति हुनलागेको स्वास्थ्य केन्द्रमा नगरपालिकाले आधुनिक ल्याब संचालनमा ल्याएकोछ ।