Thursday, January 23, 2025

प्रहरीले विकासको काममा बाधा पुर्याएको भन्दै ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराउ

पछिल्लाे समाचार


रौतहट , १२ पुष //
विकासको काममा प्रहरीले बाधा पुर्याएको भन्दै सयौं मानिसको समूहले रौतहट स्थित ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराउ गरेका छन ।
देवाही गोनाहिको उपमेयर परनिया देवि पटेलको नेतृत्वमा स्थानीय र मौलापुरको विभिन्न वडा बाट दर्जनौंको संख्यामा गएको समूहले प्रहरी कार्यालय घेराउगरि ईन्स्पेक्टर राजन लम्साल विरुद्ध चर्का नारा लगाई रहेका छन ।
पुर्व मन्त्री प्रभु साहको सल्लाहमा मौलापुर नगरपालिकाको अगुवाइमा प्रदेश २ मै पहिलो पटक झन्डै ७५ बिगहा जग्गा क्षेत्रफल एकीकरण अर्थात लैण्डपुलिङ गरिएको क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पछिल्लो केहिदिन देखि मौलापुर र गोनाही बीच रहेको लालबकैया नदिको बगर बाट माटो लगेर खाल्टोहरु पुर्ने काम भैरहेको थियो ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख ईन्स्पेक्टर लम्सालको नेतृत्वमा आजबिहान ८ बजे गएको प्रहरी टोलिले बालुवा माटो उत्खनन रोकी त्यहाँ प्रयोग भएको २ वटा जेसिवी र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
उत्खनन राकेर जेसिबी,टिपर प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित स्थानीयहरु प्रहरी विरुद्ध आन्दोलित भएका हुन् ।
बालुवा माटो उत्खनन भएको स्थान बाट बर्षौभरी बालुवा ढुवानी हुंदा प्रहरीले कहिलै नरोक्ने तर आज प्रहरीले विकासको काम प्रभावित गर्न किन अगाडि सरेको उपमेयर पटेलले प्रश्न गरेकी छिन ।

खोलाको मापदण्ड अनुसार पुल भन्दा कम्तीमा एकहजार मिटर टाढा बाट उत्खनन भैरहेको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले जिल्ला समन्वय समितिको गुनासोको आधारमा सिडियो कृष्ण बहादुर शाहिको निर्देशन अनुसार तत्कालको लागि उत्खनन रोकिएको बताएका छन् ।

नियन्त्रणमा लिएको गाडीहरु फिर्ता भएको र प्रहरी विकासको बिरोधि कुनै हालतमा नहुने भन्दै पुल भन्दा कति टाढा अथवा मापदण्ड अनुसार कि बिपरित उत्खनन भैरहेको छत्यसको अनुगमनको लागि जिल्ला समन्वय समितिको प्राविधिक स्थलगत जानलागेको जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु