Thursday, January 23, 2025

प्रहरीको भ्यानको ठक्करबाट एक व्यवसाहीको मृत्यु ,स्थानीयद्वारा बिरोध प्रदर्शन

पछिल्लाे समाचार


सर्लाही , १२ पुष //
सर्लाहीमा प्रहरीको भ्यानको ठक्करबाट एक व्यवसाहीको मृत्यु भएपछि बयलबास बजारका व्यापारीहरुले आज विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५ का रामकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
स्थानीयबासी एवं व्यवसायीहरु भने प्रहरीले घटना लुकाउने खोजेको आरोप लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका छन् ।
राती नै भएको घटना लुकाएर महतोको मृत्यु भएपछि प्रहरीले बिहानमात्र आफन्तलाई जानकारी दिएको भन्दै ब्यवसायीहरु आक्रोशित बनेका छन् ।
यता प्रहरीले भने दुर्घटना हुने बितिकै घाईतेलाई उपचारका लागि मलंगवा अस्पताल ल्याईएको बताएको छ ।
मोटरसाईकल तिब्र गतिमा रहेको कारण गाडीमा आएर ठोक्किएको प्रवक्ता बुढाथोकीले बताए। उनले घाईतेलाई उपचारका लागि मलंगवा ल्याएपनि उपचार गर्दागर्दै महतोको मृत्यु भएको जानकारी दिए।

आइतवार राति सर्लाहीको ईश्वरपुर स्थित ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले महतोलाई ठक्कर दिएको थियो ।
महतोलाई गस्तीमा हिँडेको प्रहरी भ्यानले ईश्वरपुर नगरपालिका कार्यालय भन्दा दक्षिण पट्टी ठक्कर दिएको हो ।

बयलबास बजारमा फेन्सी पसल संचालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगरतर्फ मोटरसाईकलमा जाँदै दुर्घटना भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु