जनकपुरधाम , १९ मंसिर //
प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ ।
शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकोले प्रदेश २ मा सार्वजनिक विदा दीएको हो ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै बुधवार सार्वजनिक विदा दिइएको हो ।शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव बिहिवार सम्पन्न हुँदैछ् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।