जनकपुरधाम , २२ मंसिर //
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा पुष्टी भएपछि प्रदेश २ मा विशेष तयारी थालिएको छ ।
विश्व स्वास्थ्य संगठनको प्रदेश २ स्थित जनकपुरधाममा रहेको कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरी विशेष तयारीमा जुट्न अनुरोध गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन को संक्रमण फैलन नदिनका लागि निर्देशनालयले तयारी थालि सकेको कार्यक्रममा सहभागी स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । प्रदेशमा अहिले सम्म ओमिक्रोनको संक्रमण नदेखिएपनि सतर्क र सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन्।
उनले प्रदेशमा रहेको १ सय ३० भेन्टिलेटर, २ सय २४ आइसीयु बेड, ५ सय ८९ एचडियु बेड र १ हजार ३ सय २४ सामान्य बेडलाई तयारी अवस्थामा राखिएको बताए।
साथै प्रदेश २ मा कोरोना बिरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिइने र अहिले ३० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाएको तथा पुस महिना भित्र ६६ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिएका छन्।