Monday, January 27, 2025

प्रतिवन्धित लागूऔषध नाइट्रोभेटसहित एक युवक पक्राउ

पछिल्लाे समाचार


सर्लाही , २८ मंसिर//
सर्लाहीबाट प्रतिवन्धित लागूऔषध नाइट्रोभेटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षीय राजेश कुमार यादव रहेका छन्।

सोमबार दिउँसो सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीगाउँ मा भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट नाइट्रोभेट ट्याब्लेट ९०० वटा गोट्टी बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु