महोत्तरी , १८ मंसिर //
महोत्तरीबाट एक क्वीन्टल प्रतिबन्धित लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एकडारा गाउँपालिका ५ का ३६ वर्षीय रमेश पासवान, वडा नं. २ का रामलखन पासवान र जलेश्वर नगरपालिका वडा नं. ७ का ५० वर्षीय सुरेश पासवान रहेका छन् ।
प्रहरीले महोत्तरीको एकडाडा गाउँपालिका वडा नं. ५ बथनाहाको इट्टा भट्टा नजिकबाट पोका पारेर राखेको एक क्वीन्टल डेढ किलो गाँजा बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटेको प्रहरी टोलिले शुक्रबार राति उक्त गाँजासहित तीनजनालाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।