सर्लाही , २१ मंसिर //
औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले सर्लाहीमा प्रतिबन्धित औषधि बेच्ने सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ ।
अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले मेडिकलको सोमबार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेपछि सो मेडिकल हललाई सिलबन्दी गरिएको बताइएको छ।
‘पसलबाट प्रिगआउट, क्लोबेटा जीएमलगायत १० प्रकारका दर्ता नभएका तथा प्रतिबन्धित औषधि बिक्री हुने गरेको देखिएको र सञ्चालन अनुमति पत्र समेत नभएपछि फार्मेसीलाई तत्कालै सिल गरेर सञ्चालकलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको विभाग शाखा कार्यालय वीरगन्जबाट आएका डा. चन्देश्वर यादवले जानकारी दिए ।