काठमाण्डौ १९ मंसिर / राप्रपा नेपालका नेता कमल थापा पुर्वराजा ज्ञानेन्द्र शाह प्रति आक्रोशित भएका छन ।
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्ने भन्दै नवनिर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई पनि दिएका छन ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भन्दै नेता थापाले भत्सर्ना समेत गरेका छन ।
पुर्वराजा प्रति लक्षित गर्दै नेता थापाले लेखेका छन Congrats @GBBShah . Thank you मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।
सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस उनले सामाजीक संजालमा लेखेका छन /
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन ।
लिङ्देनले १८ सय १७ मत पाएका छन भने थापाले १६ सय १७ मत पाएका छन ।