Thursday, January 30, 2025

पुर्वमन्त्री प्रभु साहको प्रतिबद्धता : गरुडा कटहरिया_ कलैया सडक निर्माणले गतिलिदै

पछिल्लाे समाचार


रौतहट, १८ मंसिर / /
गरुडा, कटहरिया,कलैया सडकखण्ड अन्तर्गत कालोपत्रे निर्माणको प्रक्रियाले गति लिएको छ ।
एमाले नेता प्रभु साह सहरी विकास मन्त्री हुंदा कटहरिया कलैया सडकखण्डमा कालोपत्रे निर्माणको लागि २० करोड रुपैया स्वीकृत गरेका थिए ।
डिभिजन सडक कार्यालय द्वारा ६ किलोमीटर कालोपत्रे निर्माणको लागि आव्हान गरेको टेण्डर आश्रय निर्माण सेवाले घटाघट प्रक्रियामा साढे ९ करोडमा सकार गरेको छ।
कटहरियाघाट लालबकैया पुलको पश्चिम् बांधबाट बाटो निर्माण सुरु गरिएको निर्माण सेवाका निर्देशक रामाश्रय साहले बताएका छन ।
गरुडा कटहरिया कलैया सडक निर्माणकार्य द्रुतगतिमा निर्माणका लागि पुर्ण स्रोत साधन र जनशक्ति परिचालन गरिएको छ।
कुल साढे ९ करोडको लागतमा ७ मिटर चौडाइ भएको ६ किलोमीटर अक्सफाल्ट प्रबुधिको कालोपत्रेका साथै ११ वटा कल्भर्ट र १ स्थानमा ४६ फिट लामो आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको छ ।
सो मध्ये ५ वटा कल्भर्ट निर्माण पुराभैसकेको छ । पहिलो चरणमा माटो पुर्ने काम भैसकेकोछ ,लगत्तै ग्रेभल, बेस राखेर ५ सेन्टिमिटर अक्सफाल्ट प्रबिधिको कालोपत्रे निर्माणको काम सुरु गरिने निर्देशक साहले बताए।
सोही टेण्डरमा बचेको रकम बाट डिभिजन सडक मार्फत झांझपुल देखि दुधियाभार सम्म २ किलोमिटर ७ मिटर चौडाइ भएको कालोपत्रे बाटो निर्माणकार्य सुरु भएको छ ।
भ्याट सहित कुल ६ करोडमा २ किलोमिटर बाटो कल्भर्ट सहितको निर्माण गर्न डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आव्हान गरेको टेण्डर मुन्ना निर्माण सेवाले साकार गरेको छ ।
कालोपत्रे निर्माणगर्न पहिलो चरणमा माटो,ग्रेभल पुरेर बाटोमा बेस राख्ने काम सुरु भएकाले अबको केही दिनभित्रै कालोपत्रे निर्माण सुरुगरिने डिभिजन प्रमुख दारोगा साहले तातोपाटी लाई जानकारी दिएका छन ।
उक्त बाटोको निर्माण यस आर्थिक बर्ष भित्र पूरा गर्नुपर्ने सम्झौता भएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर ले जनाएको छ ।
कटहरिया ५ का समाजसेवी दिनानाथ साहले गरुडा, कटहरिया,कलैया सडकनिर्माण सुरुहुनाले यसक्षेत्रका हजारौं मानिसलाई सहज हुने बताए ।
नेकपा एमाले नेता तथा पुर्व मन्त्री प्रभु साह रौतहट क्षेत्र ३ बाट संघिय सांसदमा निर्वाचित भएपछि २ बर्ष अघि उनकै अगुवाइमा सन्तपुर दोस्तिया चौक देखि मलाहीटोल छेउ सम्म उक्त नया बाटो निर्माण भएको थियो ।
नेता साहले गरेको चुनावी घोषणा अनुसार गरुडा,कटहरिया,कलैया, जंगलसहिया धन्सार,जंगलसहिया बाल्चनपुर,छेदिचौक हर्साहा,कटहरिया देवाही घाट,मौलापुर सुकदेव चौक जोड्ने लगायतको नया बाटो निर्माण गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु