रौतहट , १८ मंसिर //
पछिल्लो पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार चार सय २३ उजुरी प्रहरी समक्ष पुगेका छन् ।
सबैभन्दा धेरै हुने घरेलु हिंसाका घटना त प्रहरीमा नगण्य मात्र दर्ता हुन्छन् ।
बलात्कारका घटना सबैभन्दा बढी छन। तर अधिकांश घटना ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान हुँदैन ।
आव ०७३/७४ मा देशभर एक हजार छ सय ६८ वटा बलात्कारका घटना भएकामा आव ०७७/७८ मा तीन हजार दुई सय ८४ घटना प्रहरीमा दर्ता भएका छन् ।
पछिल्लो पाँच वर्षमा बोक्सी आरोपमा मात्रै २१० जना महिलामाथि जघन्य अपराध भएको छ।