Monday, January 27, 2025

पचरौतामा महिला कर्मचारीमाथि कार्यालय सहयोगीद्वारा बलात्कारको प्रयास

पछिल्लाे समाचार


बारा , १५ मंसिर //
बारा जिल्लास्थित पचरौता नगरपालिकाकी एक कर्मचारीले आफुसँग जबर्जस्ति बलात्कार गर्न खोजेको भन्दै सोही नगरपालिकाका कर्मचारी विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
पचरौता नगरपालिकाको कार्यालयमा कार्यरत २२ वर्षीया एक महिला कर्मचारीले आफूमाथि पालिकामै कार्यरत कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

गत बिहिबार गाउँपालिकाको बेनौलीस्थित कार्यालयमा कोही नरहेको समयमा पासवानले आफूसँग जबर्जस्ति बलात्कार गर्न खोजेको महिला कर्मचारीको आरोप छ ।
पिडितले पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् ।

नगरपालिका नजिकै रहेको आफ्नो कोठाबाट केही आवश्यक डकुमेन्ट लिन गएको समयमा पासवानले जबर्जस्ति गर्न खोजेको महिलाले प्रहरीलाई बताएकी छन् ।
घटनालाई दबाउन जनप्रतिनिधिहरुले बिचौलियाको माध्यमबाट आर्थिक लेनदेन गर्न खोजिरहेको पिडित पक्षले बताएका छन् ।
घटनाको विषयमा अनुसधान जारी रहेको तथा दोषीलाई छिटै कानुनि दायरामा ल्याएर कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु