काठमाडौं, २ पुस । नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले रौतहट बाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुलाइ विभिन्न काम को जिम्मेवारी दिएको छ ।
गत शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक भएको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
१०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।
बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।
कार्य बिभाजन मा रौतहट बाट प्रतिनिधित्व गर्ने नेताहरु ले निम्न जिम्मेवारी पाएका छन ।
स्थायी कमिटी सदस्य प्रभु साह लाई प्रदेश २ को सह इन्चार्जको जिम्मेवारी दिइएको छ ।
बैठकले केन्द्रिय सदस्य उपेन्द्र साह लाई रौतहट जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरु उद्वव रेग्मी र कुन्दन कुश्वाह र रेखा कुमारी झालाई जिल्ला सह इन्चार्ज को जिम्मेवारी दिइएको छ ।