Friday, January 31, 2025

जनमत पार्टीको बन्दको रौतहटमा आंशिक प्रभाव , ७ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

पछिल्लाे समाचार


रौतहट , १४ पुष //

जनमत पार्टीले आव्हान गरेको रौतहट बन्दको यातायात क्षेत्रमा आंशिक प्रभाव परेको छ। तर स्थानिय व्यापारीहरुले भने बन्द विफल बनाएका छन् ।
राज्यले किसानका जायज माँगहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माँग पुरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनि गरेको जनाएको छ ।

मंगलवार साँझ गौर र गरुडा लगायत जिल्लाका विभिन्न स्थानमा जनमत पार्टीका नेता कार्यकर्ताले मशाल जुलुस प्रर्दशन गरेका थिए ।
बन्दका कारण आज बिहानै देखी गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन ।केही निजी सवारी साधन संचालन भए पनि सार्वजनिक सवारी साधन संचालन नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
बिहान देखी पानी परेकाले बन्दकर्ताहरु पनि खासै सडकमा देखिएका छैनन्। यातायात बाहेक अन्य कुनै क्षेत्रमा बन्दको प्रभाव देखिएको छैन ।
जिल्लाका अधिकांश बजार विद्यालय, तथा कार्यालयहरु सुचारु छन् ।
बन्दको प्रभाव नपरेको भन्दै आन्दोलनमा उत्रेका जनमत पार्टीका ७ जना कार्यकर्ता लाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।
बन्दको आव्हान बेवास्ता गरी सवारी साधन संचालन गरेको भन्दै बन्दकर्ताले रौतहटको मध्य भाग गरुडामा ३ वटा सवारी साधन तोडफोड गरेका छन् ।
बन्दकर्ताले गरुडामा मालवाहक २ वटा टिपरमा तोडफोड गरेका छन् भने एउटा पिकअपमा समेत क्षति पुर्याएका छन् ।
सवारीमा क्षति पुर्याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले ७ जना बन्दकर्तालाई पक्राउ गरेको हो।

किसानहरुको समस्या प्रति राज्य संवेदनहिन भएकोले आफुहरुले आन्दोलन गर्नु परेको जनमत पार्टीका केन्द्रीय नेता ललित मल्लिकले बताए ।



spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु