रौतहट , १४ पुष //
जनमत पार्टीका १२ जना कार्यकर्ता पक्राउ परेका छन् ।
कार्यकर्ताहरुले जिल्लाको गरुडामा सवारी तोडफोड गरेका कारण उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बन्दलाई बेवास्ता गरी सवारी चलाएको भन्दै कार्यकर्ताले ३ सवारी साधन तोडफोड गरेका छन्।
सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रीराम भन्डारीले जनाकारी दिएका छन् ।
सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्रीराम भन्डारीले जनाकारी दिएका छन् ।
मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए ।
सवारी साधन एवम चालकलाई क्षति पुर्याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले जनमत पार्टीका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको डिएसपी भण्डरीले बताए ।
बुधवार बिहान गौरमा प्रदर्शनमा उत्रेका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौर र गरुडा गरि कुल १२ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी दिए।