रौतहट २५ मंसिर / चन्द्रपुर नगरपालिका भित्र संचालनमा रहेका ई रिक्सा हरुको ब्यवस्थापन गर्न पटक पटक पहल र आग्रह गर्दा सुनवाइ नभएको गुनासो छ ।
नगरपालिकाक्षेत्र मा ई रिक्सा दर्ता प्रक्रिया अगाडि बढाउन छलफल भैरहेको अखिल नेपाल यातायात मजदुर संगठन ई रिक्सा ईकाई का अध्यक्ष केदार प्रसाद तिमिल्सिना ले जनाएका छन । आफुले चन्द्रपुरमा ई रिक्सा को ब्यवस्थापन गर्न पहल गरीरहेको उनले बताए ।
नगरपालिका क्षेत्रमा करिव दुई सय ई रिक्सा भएपुग्ने मा चन्द्रपुर नगरपालिका मा करिव पाँच सय वटा हुँदा सडक अस्तव्यस्त हुने गरेको समेत बताईएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ले मजदुर संग उठाएको लाखौ रुपैया खर्च गरेपनि इ रिक्सा को व्यवस्थापन र मजदुरहरुको हक मा खर्च नगरेको आवाज उठ्न थालेको छ ।
मजदुर को हक मा काम नभएको इरिक्सा मजदुरले गुनासो गर्दै आएका छन ।
चन्द्रपुर नगरपालिका मा ई रिक्सा चालक हरुले नगरपालिका मा ई रिक्सा दर्ता गरि संचालन गर्नूपर्ने , ई रिक्सा को रुट कायम गरि पार्किंग को ब्यवस्थापन मिलाउनु पर्ने अखिल नेपाल यातायात मजदुर संगठन ई रिक्सा ईकाई कमिटीका अध्यक्ष केदार प्रसाद तिमिल्सिनाले माग गरेका छन ।
इरिक्सा चलाउने तालिम नहुदा , ट्राफिक नियमको जानकारी नहुदा तथा पार्किंग को उचित ब्यवस्थापन नहुदा दैनिक जसो दुर्घटना समेत हुने छ ।
सम्बन्धित निकायले इरिक्साको व्यवस्थापनमा ध्यान नदिएको समेत चन्द्रपुरमा गुनासो बढ्न थालेको छ ।