रौतहट २७ मंसिर / चन्द्रपुर नपाको मुख्य चौक आसपास दुर्गन्धित बनेको छ ।
ढलको व्यवस्था नहुदा सडक मानै फोहोर पानी बग्ने गरेको छ । मानिसको भिडभाड रहने मुख्यचौक दुर्गन्धित हुदा समेत सरोकार बाला निकायले चासो दिएको छैन ।
सडकमा फोहोर पानी बगेको छ । दुर्गन्धले नाक थुनेर हिड्नुपर्ने अवस्था छ । पैदल हिड्ने ससाना स्कुले बालबालिकाहरु हिलोमा पर्ने गरेका छन ।
पुर्व पश्चिम राजमार्ग को मुख्य चोक चन्द्रपुरमा यो अवस्था हुदा पनि ध्यान नदिएको भन्दै सरोकारवाला निकाय को यात्रु तथा केही स्थानियको ध्यानाकर्षण गराएका छन ।
होटलमा प्रयोग भएको तथा शौचालय बाट निस्केको फोहोर पानी ले चन्द्रपुर को मुख्य चोक दुर्गन्धित हुदा धेरै समस्या हुने गरेको चन्द्रपुरका इ रिक्सा चालक केदार प्रसाद तिमल्सेनाले जनाएका छन ।
यश अघि पनि उक्त बिषयमा स्थानिय तथा यात्रुहरुले आवाज उठाउदै आएका थिए ।