Friday, January 24, 2025

गैडाटारमा पर्यटकिय स्थल बन्दै

पछिल्लाे समाचार


रौतहट , १३ पुष //
रौतहटको चन्द्रपुर ३ गैडाटारमा पर्यटकिय क्षेत्र निर्माण कार्य सुरु भएको छ ।

नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुरको वडानं ३ स्थित तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वर नाथ पर्यटकिय क्षेत्र निर्माण कार्य भइरहेको छ।

सात करोडको लागतमा सो स्थानमा चन्द्रपुर नगरपालिकाकै नमुना पर्यटकिय स्थल निर्माणको काम सुरु भएको तिलेश्वर नाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए।

सो पार्कको ७९ साल सम्म काम सम्पन्न गर्ने गरी एक निर्माण सेवाले ठेक्का पाएको छ । अध्यक्ष धामीका अनुसार आउदो फागुन देखी सो स्थानमा सुइमिङ पुल संचालनमा आउने छ । आउदो फागुनबाट सो स्थानमा सुभिदा सम्पन्न रेष्टुरेण्ट र सुइमिङ पुल संचालनमा ल्याउने तयारी भईरहेको अध्यक्ष धामीले बताए ।

सात करोडको लागतमा सो स्थानमा सुइमिङ पुल ,मन्दिर ,पिकनिक स्पोर्ट ,बाटो लगाएतको काम हुने उनले बताए । सामुदायीक वनले भने सो स्थानमा चिडियाखाना बनाउने काम सुरु गरेको छ।

रौतहट जिल्लाकै बिकट स्थान मानिने गैडाटारमा पर्यटकिय स्थल नबन्दै घुम्न आउनेको संख्या बढ्दै जान थालेको स्थानीय बासिन्दा प्रमोद नेपालले बताए ।
जिल्लाकै नमुना पर्यटकिय स्थल बनाउने अभियानमा आफुहरु रहेको तिलेश्वरनाथ सामुदायीक वन उपभोक्ता समितिका कोषाध्यक्ष भुनेश्वर गुरोले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु