पर्सा , १५ पुष //
पर्सामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्लाको बगही गाउँकी ७० वर्षीया मुस्मतिया देवी सहनी रहेकी छिन्।
आँखा अस्पतालमा उपचार गराउँन जादैँ गर्दा वीरगञ्ज १४ स्थित बाईपास सडकमा बीआर ४०५ एइ ०३३२ नम्बरको मोटरसाइकल अचानक अनियन्तित्र भई दुर्घटना हुँदा सहनीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।
उनका अनुसार मृतक महिलाका छोरा शर्मानन्द सहनीले चलाएको मोटरसाइकलबाटै खसेर उनको मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।