Thursday, January 23, 2025

गुजरामा झुलुङ्गे पुलको निर्माण सम्पन्न,मेयरद्वारा उद्दघाटन

पछिल्लाे समाचार


रौतहट २२,मंसिर । रौतहटको गुजरा नगरपालिका ३ को सिम्रि टोलमा झोलुङे पुलको निर्माण सम्पन्न भएको छ । गुजरा ३ सिम्रि र जंगलसहिया जोड्ने झुलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो । सोमबार नगरपलिकाका नगर प्रमुख सन्तलाल चौधरीले सो झुलुङे पुलको उद्घाटन गरेका छन्। धन्सर खोला पारी रहेको गाउँ सिम्रि लाई गुजरा नगरपालिकासँग जोड्न सो स्थानमा झुलुंगे पुलको आवश्यकतालाई मध्यनजर गरी उक्त झुलुँगे पुलको निर्माण गरिएको नगरप्रमुख चौधरीले बताए । नवनिर्मित झुलंगे पुलबाट आवत जावतमा सहज हुने र विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका सिमरी टोल निवासी स्थानीयहरुलाई सहज हुने स्थानीयहरु बताउँछन् । उक्त पुल नगरपालिकाको २७ लाख रकम बाट बनेको पुलको गुजराका मेयर सन्तलाल चौधरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु