Thursday, January 23, 2025

गरुडामा रहेको श्रीराम चिनि मिल संचालन गर्ने आश्वासन मात्र

पछिल्लाे समाचार


रौतहट , २ पुष //
रौतहटको कटहरियामा केही दिन पहिला आएका माओवादी नेता प्रचण्डले गरुडामा रहेको श्रीराम चिनि मिल संचालनका लागि आफुले पहल गर्ने आश्वासन दिएका थिए।
सो कुरा भनेको महिनौ बित्दा पनि मिल संचालनको कुनै छांटकाट छैन् ।

जिल्लाभरिका उखु किसानले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई हस्ताक्षर गरी श्रीराम सुगर मिल सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएका थिए ।
मिल बन्द भएपछि उखु खेतीमा लागेका किसानहरु मारमा परेका कारण छिट्टै मिल सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्रमा उल्लेख गरिएको थियो।
किसानको ज्ञापनपत्र बुझेपछि अध्यक्ष दाहालले आफूले सक्दो पहल थाल्ने आश्वासन दिएका थिए । उनले यति ठूलो उद्योग बन्द हुनु राम्रो नभएको बताएका थिए।
उनले उद्योग बन्दका कारण किसन दुखि छन् तर जसरी भए पनि मिल चलाउन पहल गर्ने तथा सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए ।
अहिले जिल्लाभरिका किसान राजनीति दलका नेता गुहारिरहेका छन । केही समयअघि गृहजिल्ला आएका एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई समेत किसानले मिल सञ्चालनका लागि आग्रह गरेका थिए।
२६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बर्सेनि घाटा व्यहोर्न बाध्य भएको भन्दै गोल्छा समूहको व्यवस्थापन पक्षले बन्द गरेको थियो ।
मिल; बन्द हुदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समितिको गत साउन ९ गतेको निर्णयले विधिवत् रूपमा बन्द गरेको हो ।
मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा व्यहोरेको सञ्चालकहरूको दाबी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु