रौतहट , १८ मङ्सिर //
रौतहटको गरुडा नगरपालिकामा बिहीबार अख्तियारले छापा मारेको छ।
नगरपालिकामा विभिन्न शिर्षकमा भएको काम र भुक्तानीमा अनियमितता भएको उजुरी परेको तर माग गरेको आवश्यक कागजात गरुडा नगरपालिकाले नबुझाए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले छापा मारी विभिन्न कागजात नियन्त्रणमा लिएको हो।
अख्तियारको टोलिले उजुरी परेको शिर्षकको सक्कल कागजजात र बिलभरपाई लगेको गरुडा नपाको एक कर्मचारीले बताएका छन् ।
कोरोना संक्रमण अवधीमा गरिएको खर्चमा भारी अनियमितता , अबैध रुपमा करार कर्मचारी नियुक्ति प्रकरण ,नगरपालिकाद्वारा विभिन्न सामाग्री खरिद र टेन्डरद्वारा गरिएको प्रक्रियामा अनियमितता ,सामाजिक बिकासको रकम देखि विभिन्न बिकासे योजनाको मनपर्दो बिल भरभाइ बनाइ भुक्तानी गरि अनियमितता गरेको उजुरी परेपछी अख्तियारको हेटौंडास्थित कार्यालयले आवश्यक कागजातको लागि गरुडा नगरपालिकालाइ ताकेता गर्दै आएको थियो।
कागजात नभएर अनुसन्धानमा ढिलाइ भएको तथा कागजातको अध्ययनबाट नै प्रमाण संकलन गरीने भएकोले कागजात लिन टोली नै पठाएको अख्तियार स्रोतले जनाएको छ।
उप -सचिव हुँदा ठिक थियो तर जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि उप -सचिवको सरुवा गराई उप-सचिवको दरबन्दीमा खरिदार र सुब्बालाई हाकिम बनाइ नगर चलाउन बोलाएपछि नगरपालिकामा भ्रष्टाचारले गति लिएको एक स्थानीयले बताए ।
यस बारे सम्बन्धित निकाय गम्भीर हुनै पर्ने स्थानीयको माग छ।