सप्तरी , ८ पुष //
बाख्रा चराउन गएकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका वडा न–५ बुदेवा निवासि २० वर्षीय मो.अफजल रहेका छन्।
प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका वडान–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जब जबरजस्ती करणी गरी फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।