रौतहट , २० मंसिर //
काठमाडौंको ओम अस्पतालबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ ।
गत कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका वडा नंं १ दिपही चौकमा चेकजाँचको क्रममा फेला परेको प्रहरीले जनाएको छ। ।
पार्किङ गरी राखिएको मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा सवारीधनी गुप्त प्रसाद मिश्रलाई आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख श्रीराम भण्डारीले जानकारी दिएका छन्।