रौतहट , १२ पुष //
नेपाली कांग्रेस प्रदेश नं.२ को प्रदेश सदस्य पदमा रौतहटबाट उम्मेदवारी दिएका नितेश कुमार गुप्ता विजयी भएका छन् ।
आरक्षण कोटा अन्तर्गत अपाङ्ग/ अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका गुप्ता ४ सय भन्दा बढी मत हासिल गरि विजयी भएका हुन्।
गएको पौष ८ गते प्रदेश अधिवेशनमा भएको निर्वाचनमा युवा नेता गुप्ताले आफ्नो निकटतम प्रतिस्पर्धी उदय शंकर राउत लाई ४ सय बढी मतान्तरले उछिन्दै प्रदेश सदस्य पदमा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
रौतहट जिल्ला कै कृष्ण प्रसाद यादव प्रदेश सभापतिमा यस अघि नै विजयी घोषित भइसकेका छन् । नेता गुप्ता सभापति देउवा समुहबाट कृष्ण यादवको प्यानलमा सबैभन्दा कम उमेरका उम्मेदवार रहेका थिए ।कांग्रेस प्रदेश अधिवेशनको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै विजयी भएको छ ।