Friday, January 24, 2025

कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव आज हुँदै ,देउवालाई प्रकाशमान र निधिको समर्थन

पछिल्लाे समाचार


रौतहट , २८ मंसिर //
नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव आज मंगलबार हुँदैछ। पहिलो चरणको मतदानमा स्पष्ट मत कुनै पनि उम्मेद्वारले नपाएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधि समूहले समर्थन गर्ने भएको छ । पहिलो चरणमा सबैभन्दा बढी मत पाएका देउवा र शेखर कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ।

दोस्रो चरणमा निर्णायक मानिएका सिंहले देउवालाई समर्थन गर्ने जनाएका छन्। पहिलो चरणमा देउवाले बाइस सय ५८ मत पाएका छन् भने सिंहले तीन सय ७१ मत पाएका छन्।
निवास पुगेका देउवासँगको छलफलपछि कांग्रेस नेता विमलेन्द्र निधिले पनि उनलाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

खसेको कूल मत चार हजार छ सय ८१ मा देउवालाई जितका लागि दुई हजार तीन सय ४१ मत आवश्यक थियो। उता सभापतिका अर्का प्रत्यासी शेखरले एक हजार सात सय २९ मत पाएका छन्। शेखरलाई जितका लागि छ सय १२ मत पुगेको थिएन।

नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव मंगलबार दिउँसो ३ः३० बजेबाट प्रारम्भ हुने भएको छ। निर्वाचन समितिले दोस्रो चरणको चुनावको समय सार्वजनिक गरेको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु