Thursday, January 23, 2025

कमोद निर्माणसेवा को लापर्वाहीले बिजयपुरका बासिन्दा पिडित

पछिल्लाे समाचार


रौतहट , २६ मंसिर //
कमोद निर्माणसेवा मौलापुरको लापरबाहीका कारण रौतहट स्थित बिजयपुर बजारका बासिन्दा पिडित बनेका छन ।
निर्माणसेवाका संचालक प्रमोद साहले २ बर्ष अगाडी खनेको बिजयपुरको मुख्य बाटोमा कालोपत्रे नगरेको कारण धुलो उडेर खान बस्न समस्या भएको स्थानीयको भनाई छ। बिजयपुर बजारको मुल बाटोमा दैनिक दर्जनौं टिपर,ट्रक लगायतका आवतजावत गर्ने सवारीसाधनले उडाउने धुलो को कारण खान बस्न समेत समय भैरहेको स्थानीयहरुको गुनासो छ।

दिनभरी गाडीले उडाउने धुलो,घरमा,पसलमा,र बनाएर राखिएको खानामा समेत परिरहेको अवस्थामा पनि ठेकदार प्रमोद साह कानमा तेल हालेर सुतेकाले आक्रोशित स्थानीय हरु पटकपटक टिपर ट्रक रोकेर आन्दोलन समेत गर्दै आएका छन ।

स्थानीयले बजार बन्द गरेर बाटो अवरुद्ध गरि आन्दोलन गर्दा प्रहरीले खुलाउने,जनप्रतिनिधिले साम्य पार्ने तर बाटो बनाउन कसैले पहल नगरेको त्यहाका स्थानीयको गुनासो छ। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर संग ठेकदार प्रमोद साहले बिजयपुर बजार देखि दुधिअवा सम्म मात्र २ किलोमिटर बाटो कालोपत्रे गर्न २ बर्ष अघि करिब १ करोड रुपैयामा टेण्डर साकार गरेको थियो ।

यस अवधिमा बाटोमा माटोपुरेर ग्रेभलिङ गरेर एकबर्ष अघि बेपत्ता भएका कमोद निर्माणसेवाका संचालक प्रमोद साह लाई कालोपत्रे गर्न पटकपटक आग्रह गर्दा पनि नसुनेझै गर्दै आएको फतुवा बिजयपुर ८ का वडा अध्यक्ष उमाशंकर जयसवालले बताएका छन्। कमोद निर्माण सेवाले लिएको कालोपत्रे गर्ने ठेक्काको म्याद नथपी उस माथि नियमानुसार कार्वाही गर्न बिजयपुर बासिले डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर संग माग गरेका छन् ।
यता डिभिजन प्रमुख दारोगा साहले लामोसमय देखि ठेक्का लिएर बसेका सबै ठेकदारलाई छलफलको लागि बोलाएको तथा तत्काल काम नगर्नेको ठेक्का समेत रद्ध गर्ने बताए। कमोद निर्माणसेवाका संचालक प्रमोद साहले लकडाउनको कारण कालोपत्रे गर्न ढिलो भएपनी आउँदो हप्ता देखि कालोपत्रे सुरु गर्ने बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु